दफा २५
परिचयपत्र उपलब्ध गराउने :

नेपाल सरकारले ज्येष्ठ नागरिकलाई तोकिएबमोजिमको विवरण भएको परिचयपत्र ज्येष्ठ नागरिक बसोबास गरेको गाउँपालिका वा नगरपालिका मार्फत उपलब्ध गराउनेछ ।